१९ कार्तिक २०८३, बिहिबार

ओमिक्रोन फैलिएका देशबाट आउँदा अनिवार्य क्वारेन्टाइन बस्नु नपर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम खारेज भएको छ ।
शनिबार अध्यागमन विभागले यस्तो सूचना जारी गरेको हो ।

जबकी शुक्रबारमात्रै अध्यागमन विभागले एक सूचना जारी गर्दै विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो ।

विभागले उक्त निर्णय तत्कालका लागि स्थगित भएको सूचनामा उल्लेख छ ।

यस सूचनाअनुसार अर्को सूचना नभएसम्मका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित भएको हो ।

मन्त्रिपरिषदले विभिन्न ६७ मुलुकबाट नेपाल आउनेहरुले आफ्नै खर्चमा ७ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

यस्तो छ अध्यागमन विभागको शनिबारको सूचनाः