१९ कार्तिक २०८३, बिहिबार

शिक्षकलाई कोरोना भएपछि एक साता विद्यालय बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ३ पुस । धनकुटाको एक विद्यालयका शिक्षकलाई कोरोना संक्रमण भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकमा कोभिड–१९ पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना देखिएपछि पुस १० गतेसम्म विद्यालय बन्द गरिएको जनाइएको छ ।

कोरोना पोजेटिभ देखिएका शिक्षक घरमै आइसोलेसनमा रहेका बताइएको छ ।

पुस १० देखि अवस्था हेरे विद्यालय सञ्चालन गरिने बताइएको छ । त्यस्तै, शंका लागेका विद्यार्थी तथा अन्य शिक्षकको नगरपालिकाले कोभिड १९ परीक्षणको तयारी गरिरहेको छ ।