
काठमाडौँ, २ पुस । तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीचको साँठगाठ भएको खुल्न थालेका छन् ।
केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १९ घट्नुमा प्रचण्डको पनि जिम्मेवारी रहेको तथा तत्कालीन राजा ज्ञानेन्द्रसँग साँठगाठ भएको बताएका थिए ।
नभन्दै ज्ञानेन्द्र र दाहालबीचका कनेक्सनहरु खुल्न थालेका छन् ।
२०६० साल मंसिर १८ गते भएको पाँच बुँदे सहमतीको विस्तृत खुलासा भइनसके पनि उनीहरुबीचको कनेक्सनको पुष्टि खुल्न थालेको हो ।
एमाले अध्यक्ष ओलीले प्रचण्डसँगको सहमतिमै तत्कालीन राजाले दलहरुमाथि प्रतिबन्ध लगाएको बताएका थिए ।
प्रचण्ड र ज्ञानेन्द्रको मित्रवत सम्बन्ध र शक्ति बाँडफाँटका बारेमा पूर्वमाओवादी नेतृ हिसिया यमीदेखि चरम माओवादी युद्धकालमा भारतीय विदेश मन्त्रालयको नेपाल तथा भुटान हेर्ने हाकिम हुँदै नेपालका लागि राजदूतसमेत रहिसकेका रन्जित रेको पुस्तकमा समेत खुलासा गरि पुस्तक लेखिसक्नुभएको छ ।
ती किताबमा उल्लेख गरिएको प्रसंगमा मौन रहनु प्रचण्ड र ज्ञानेन्द्रको कनेक्सन पुष्टि गराउने विज्ञहरु बताउँछन् ।
त्यस्तै, प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको सहमति बारेमा विश्व चर्चित दस्तावेज विकिलिक्सले समेत सार्वजनिक गरेको थियो ।
काठमाडौँस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै विकिलिक्सले प्रचण्ड र ज्ञानेन्द्रको शक्ति बाँडफाँडको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।
बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको अमेरिकी रिपोर्ट विकिलिक्सले चुहाएको थियो ।
विकिलिक्सले तत्कालीन राजाको प्रधानमन्त्री प्रचण्ड तयार रहेको समेत उल्लेख गरेको थियो ।
प्रचण्डले ज्ञानेन्द्रका सैनिक अधिकारीमार्फत ज्ञानेन्द्रसँग रोल्पामा भेट्न चाहेको विकिलिक्सले सार्वजनिक गरेको थियो । तर, ज्ञानेन्द्रले भने रुकुम वा म्याग्दीमा भेट्न प्रस्ताव गरेको अमेरिकी गुप्तचर दस्तावेज विकिलिक्स्ले सार्वजनिक गरेको थियो ।
















प्रतिक्रिया