
काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज शुक्रबार बिहान भएको भेटमा एमसीसीबारे छलफल गर्न र प्रतिनिधिसभाको बैठक सुचारु गर्नेलगायत राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको बताइएको छ ।
सर्वदलीय बैठकको मिति तय भइसकेको छैन । तर, एजेण्डाका विषयमा भने चर्चा सुरु भइसकेको छ ।
नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनका क्रममा कांग्रेससँग सहकार्य गर्न तयार रहेको एमाले अध्यक्ष केपी ओलीको भनाइपछि प्रधानमन्त्री–प्रतिपक्षी नेताबीच सम्बन्धमा सुधार आएको आंकलन गरिएको थियो ।
त्यसैलाई आधार मानेर सत्तारुढ दलहरू सर्वदलीय बैठकको तयारीमा लागेको बताइएको छ ।















प्रतिक्रिया