८ कार्तिक २०८३, आइतबार

काँग्रेस सहमहामन्त्रीमा देउवा पक्षधरको अग्रता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको तीन क्लस्टरको सहमहामन्त्रीको मतगणनामा शेरबहादुर देउवा पक्षधरको अग्रता देखिएको छ ।

महिला, दलित र आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मत गणना भइरहँदा सभापति शेरबहादुर देउवाको प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

महिलातर्फ १,५०४ मतको गणना भएको छ, जसमा महालक्ष्मी उपाध्याय डिनाले ८०६ मत पाएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् ।

त्यस्तै, दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । जीवन परियारले ८३१ र गंगा सुनारले ७० मत पाएका छन् ।

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बेले ५१८ मत पाउँदा विकास लामाले ३५७ मत पाएका छन् ।