८ कार्तिक २०८३, आइतबार

अब एक दिन पनि थाक्ने र चुक्ने सुविधा छैनः गगन थापा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको युवा नेता गगनकुमार थापा महामन्त्रीमा निर्वाचित भएसँगै आफूलाई प्राप्त मतलाई न्याय गर्ने बताएका छन् ।

महामन्त्रीमा विजयीपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए ।

‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।

उनले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई मिलाएरु लैजान पनि आग्रह गरे ।