१९ कार्तिक २०८३, बिहिबार

अब काममा प्रतिस्पर्धा हुन्छः विश्वप्रकाश शर्मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको नेता विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीमा निर्वाचित भएपछि अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनले अब चुनावी प्रतिस्पर्धा सकिएको बताउँदै काममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै काँग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित बद्लिएको काँग्रेस बनाउने आकांक्षाले पूरा गरेको बताए ।

त्यस्तै, उनले आफ्नो जीतमा गौरवान्वित भएपनि आफूलाई थप जिम्मेवारीले थिचेको प्रतिक्रिया दिए ।

त्यसैगरी, महामन्त्रीमै निर्वाचित अर्का युवा नेता गगन थापाको जितमा पनि खुशी व्यक्त गरे । उनले महाधिवेशन प्रतिनिधिहरुले दुवै युवा महामन्त्रीहरुलाई जोडी बनाएर काम गर्न दिनुपर्छ भन्ने भावनाले दुवैलाई निर्वाचित गराइएको बताए ।