१९ कार्तिक २०८३, बिहिबार

मीनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा पराजित भएपछि डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् ।

रिजालले बिहीबार महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनले सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् ।

उनले प्रारम्भिक परिणाममै आफूले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।