१९ कार्तिक २०८३, बिहिबार

यी स्थानमा शुक्रबारदेखि हिमपातको सम्भावना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ पुस । नेपालमा शुक्रबारदेखि विभिन्न स्थानमा हिमपातको सम्भावना देखिएको छ ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

मौसमविदका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा शुक्रबारदेखि हल्का हिमपात हुने र चिसो क्रमशः पूर्वतिर सर्दै जानेछ ।

त्यस्तै, सुदूरपश्चिममा केही स्थानमा वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।