८ कार्तिक २०८३, आइतबार

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको अग्रता, चौथो स्थानमा प्रदिप

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको अहिले मतगणना भइरहेको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार महामन्त्रीमा चर्चित तथा प्रभावशाली नेता गगन थापाले अग्रता लिइरहेका छन् । उनी शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।

यस्तै दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

१ हजार ४९५ मत गणना हुँदा गगन कुमार थापाले ९५५, विश्व प्रकाश शर्माले ६६०, प्रकाश शरण महतले ४९१, प्रदिप पौडेलले ४४९, डा. मिनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत पाएका छन् ।

कांग्रेसको विधानबमोजिम महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने छन् । तर, महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन् ।

त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन् ।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन् ।