८ कार्तिक २०८३, आइतबार

आज ‘राष्ट्रिय झण्डा दिवस’ मनाइँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । छुट्टै पहिचान र विशेषता बोकेको नेपालको पाँचकुने राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा आज राष्ट्रिय झण्डा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र संघले सन् १९६२ डिसेम्बर १६ तारिक अर्थात् विसं २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । सोही दिनको सम्झनास्वरुप वि.स. २०७५ साल पुस १ गतेदेखि यस दिनलाई दिवसका रुपमा मनाउन थालिएको हो ।