
काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता कायम गरिरहेका छन् ।
पार्टी कार्यालयमा जारी मतगणनामा हालसम्म ३५ मतगणना भइसकेको छ । जसमा पूर्णबहादुर खड्काले १६३४, विजयकुमार गच्छदारले १४४३ मत, धनराज गुरूङले १४३७ मत, चन्द्र भण्डारीले १२५८ मत , सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया