८ कार्तिक २०८३, आइतबार

जागिर लगाई दिन्छु भन्दै डेढ लाख ठगी गर्ने पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २९ मंसिर । जागरि लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा लखन गाउँपालिका–२ का ३८ बर्षीय गणेशराज अर्याललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ बस्ने २ जनालाई जागिर लगाइ दिन्छु भन्दै प्रलोभनमा पारी पटक–पटक गरी नगद १ लाख ७३ हजार रुपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी माथि जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।