८ कार्तिक २०८३, आइतबार

प्रचण्डमाथि ओलीको टिप्पणीः बाहिर राष्ट्रियताको कुरा, भित्र प्रतिक्रियावादीसँग साँठगाँठ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाहिर राष्ट्रियताको कुरा गर्ने र भित्र प्रतिक्रियावादीहरुसँग मिल्ने गरेको बताएका छन् ।

ओलीले प्रचण्डले बाहिर राष्ट्रियताको कुरा गर्ने अनि भित्र प्रतिक्रियावादीहरुसँग मिल्ने र त्यसको मार अहिले भोगिरहिएको बताए ।

‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’ ओलीले भने, ‘यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।’

वुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहणमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासन सत्ता हातमा लिएको समेत बताए ।

ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’

ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’

ओलीले रुकुम, रोल्पा अभिनन्दन गर्न गएको पनि स्मरण गरे ।