३० आश्विन २०८३, शुक्रबार

नेपालले प्रशोधित घाँस चीन निर्यात गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपालले चीनको सिगात्सेलाई लक्षित गरी प्रशोधित घाँस निर्यात गर्न प्रक्रिया अगाडि बढाएको छ ।

गाईवस्तुको आहाराका लागि मकै, नेपियर ९विकासे घाँस० र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न मन्त्रिपरिषद्ले १३ मंसिरमा चीनका लागि प्रोटोकल स्वीकृत गरेको हो ।

चीनले पनि यो प्रोटोकल स्वीकृत गरेमा दुवै मुलुकबीच औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर भएर घाँस निर्यात खुला हुनेछ । ‘हेलेज निर्यात गर्न सकिने देखिएपछि नेपालले प्रोटोकल स्वीकृत मात्र गरेको हो,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘हामीले पनि केही सर्त राखेका छौँ, त्यसका आधारमा चीनले प्रोटोकल स्वीकृत गरेमा मात्र सम्झौतामा हस्ताक्षरको मिति तय हुनेछ ।’

चीनले नेपालबाट हेलेज आयातका लागि चासो देखाएपछि नेपालले डेढ वर्षअघि मात्र प्राविधिक कार्यदल गठन गरेर अध्ययन गरेको थियो । अध्ययन समितिले नेपालमा मकै, नेपियर र जौको व्यावसायिक घाँसखेती प्रवर्द्धन गरेर आन्तरिक खपतसँगै बाह्य निर्यात गर्न सकिने निष्कर्ष निकालेपछि सरकारले प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलका सदस्यसचिव माधव भट्टका अनुसार मकैको ढोडललाई १ देखि ३ सेन्टिमिटर र पातलाई ३ देखि ६ सेन्टिमिटरमा टुक्रा पारेर कम्प्रेस प्याकिङ गरिन्छ ।

काटिएको घाँसलाई प्लास्टिकको झोलामा हावा नछिर्ने गरी प्याकिङ गरेर थिचेर राखिन्छ, जसलाई साइलेज भनिन्छ । झोलामा घाँससँगै पौष्टिक तत्व राखिएको हुन्छ । नेटकम्प्रेस प्याकिङ मेसिनमार्फत २८० देखि ४५० केजीसम्मको साइलेज बण्डल बनाइन्छ, जुन बेलनाकार हुन्छ, आजको नयाँ पत्रिका दैनिकमा यम बमले समाचार लेखेका छन् ।