३० आश्विन २०८३, शुक्रबार

देउवा झन् शक्तिशाली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । शेरबहादुर देउवा १३औँ महाधिवेशनको भन्दा पनि शक्तिशाली बनेका छन् ।

अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरूसमेत यसपटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ ।

१३औँ महाधिवेशनमा देउवाले सभापतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । निर्वाचन दोस्रो चरणमा गएपछि सिटौलाको समर्थन पाएर उनी सहजै निर्वाचित भएका थिए । त्यतिवेला पौडेलको प्यानलबाट उपसभापति लडेका प्रकाशमान सिंह पनि अहिले देउवाको पक्षमा उभिएका छन् ।

सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे । त्यस्तै, अघिल्लो महाधिवेशनमा सँगै प्रतिस्पर्धा गरेका पौडेल यसपटक तटस्थ बस्दा देउवालाई सहयोग हुने वातावरण बन्यो ।

त्यति मात्रै होइन, परिवारकै सदस्य डा. शेखर कोइराला उम्मेदवार हुँदा पनि निवर्तमान महामन्त्री तथा बिपीपुत्र शशांक कोइरालासमेत तटस्थ बसे । यसले पनि देउवालाई बलियो बनायो ।

लामो समय देउवाकै गुटमा रहे पनि यसपटक उनीबाट टाढिएर सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधिसँगको सम्बन्ध पनि दोस्रो चरणको निर्वाचनले सुमधुर बनाइदियो र उनी पनि देउवाकै पक्षमा उभिए, आजको नयाँ पत्रिका दैनिकमा समाचार लेखिएको छ ।

समाचारमा चाक्सीबारीस्थित घरमै पुगेर प्रकाशमानलाई देउवाले फकाए, देउवासँगको भेटपछि विमलेन्द्रले निकाले विज्ञप्ति, चियापनामा पुगेर देउवाले पौडेलेको प्रशंसा गरे र बिपीपुत्र शशांक पनि तटस्थ बसेलगायत विषय र प्रसङ्गहरूलाई समावेश गरिएको छ ।