१९ कार्तिक २०८३, बिहिबार

वागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । वागमती प्रदेशका नवनियुक्त ५ जना मन्त्री र एक राज्‍यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

त्यस्तै, एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ ।