८ कार्तिक २०८३, आइतबार

नेतृत्व बदल्ने बेला आयो, खुट्टा नकमाउँः गगन थापा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार गगन थापाले पार्टीको नेतृत्व बदल्ने बेला आएको भन्दै खुट्टा नकमाउन आग्रह गरेका छन् ।

हिजोसम्म सबैले नेतृत्व परिवर्तन आवश्यक भन्दै आएको र अहिले आफूले सहयोग गर्दा नेतृत्व बद्लिने अवस्था रहेको बेलामा पछि हटेको भन्दै थापाले कार्यकर्ताहरुलाई भने खुट्टा नकमाउन आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले यस्तो बताएका हुन् ।

उनले महाधिवेशन प्रतिनिधिहरु नेताहरुको आदेशपालकमात्र होइनन् भनेर पुष्टि गर्ने बेला आएको बताएका छन् । उनले निर्वाचनमा खुट्टा नकमाइकन मतदान गर्न पनि अपील गरेका छन् ।

‘नेतृत्व परिवर्तन गर्ने भनेर हामी लड्दै यहाँ सम्म आयौँ । पहिलो चरणको मत अनुसार थोरै साथीहरुले थप सहयोग गर्दा नेतृत्व बदलिने अवस्था आउँदै गर्दा पार्टीका विवेकशील साथीहरु त्यो मत दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।’ उनले भने ।

‘जहिले पनि हामी नेतृत्व बदल्ने कुरा गर्छौँ तर जब नेतृत्व बदल्ने बेला आउँछ, हामी खुट्टा कमाउँछौँ । नेताहरुले खुट्टा कमाए, तर प्रतिनिधिहरुले अन्तरमनको आवाज सुन्नुहुन्छ भन्ने मलाई लागेको छ,’ थापाले भने ।