८ कार्तिक २०८३, आइतबार

एमालेले भन्यो– सदन चल्न दिदैनौं, सभामुखको धम्कीले नराम्रो परिणाम आउन सक्छ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा एमालेले आजदेखि शुरू हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशन विगतमाझैं अवरोध गर्ने बताएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि शुरू हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने बताउँदै सभामुख अग्नी सापकोटाप्रति आक्रोश व्यक्त गरेका हुन् ।

आफूहरूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने एमालेको अडान कायमै रहेको अध्यक्ष ओलीको भनाइ छ । आज मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’

संसदमा विरोध जनाउँदा एमाले सांसदहरूलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् ।