
काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मतदान अन्तिम चरणमा छ ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी केन्द्रीय निर्वाच समितिले गरेको छ ।
बीचमा केही प्राविधिक समस्या नआए करिब साढे ११ बजेसम्ममा मतदान सकिने बताइएको छ ।
त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । समितिका अनुसार मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गरिने बताइएको छ ।
रातभरमै मगणना सक्ने निर्वाचन समितिको तयारी रहेको छ । पहिले सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।












प्रतिक्रिया