
-धनपती खतिवडा
अहिले नेपालमा रहेका प्राय सानो ठूला सबै राजनीतिक दलहरुको राष्ट्रिय सम्मेलन वा अधिवेशनको चटारो रहेको छ । खास गरी सबै पार्टीले अधिवेशन गर्नुमा अदालतले दल सम्बन्धी गरेको फैसलाले गर्दा नै हो ।
खासमा दलहरु विधान विपरित गएमा त्यसलाई आधार बनाएर जुनसुकै बेला पनि दल खारेज वा कुर्सीबाट हटाउन सक्ने भएकाले नै हतार हतारमा सम्मेलन गर्नुपरेको हो । यसबाट राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा पनि अछुतो हुने कुरा नै भएन ।
अब हामी २०६२/६३ को जनआन्दोलनलाई स्मरण गरौँ । जुन बेला आन्दालेनको आँधीबेहरी र जनताको सार्वभौम सत्ता हरेर राजाले सबै अधिकार आफ्नो हातमा लिएको बेलामा तत्कालीन झापा जिल्ला सभापतिको हैसियतले जनआन्दोलन दबाउने नाइके आज राप्रपाको अध्यक्ष निर्वाचित भएका छन् । जुन कुरा कुनै पनि हालतमा भुल्न सकिँदैन ।
राप्रपामा पुस्तान्तरण त भयो होला यसलाई सकारात्मक रुपमा लिए पनि जुन परिवारवाद बोकेर जन्मिदै शासक भएर जन्मिन्छ त्यस्ताे नीति लिएको र नेपाली जनताले नरुचाएकाे मान्छेलाई कम्तीमा हामी कम्युनिष्ट विचार बोक्ने मान्छेले ति शहिदहरु राजन गिरी र सुरज विश्वासका सपनालाई तुसारापात गर्दै जय जयकार र बधाईका शब्दहरु खर्च गर्न सकिँदैन ।
नेतृत्वमा जोसुकै आए पनि त्यसले हामीलाई तात्विक फरक पर्दैन र पर्नु पनि हुँदैन । जब सोच्नेको सोचाई बदल्न सकिन्नँ तबसम्म सही अर्थमा परिवर्तन हुँदैन । हामी झापालीलाई सुखानीका शहिदहरुको रगतले भन्छ हामीलाई सही बाटो हिँड्दै छौ कि भुलेउ दाजु भाई ?
स्मरणमा वैशाख ६ गते चन्द्रगढीको त्यो आन्दोलनमा त्यो दमन र शहिदहरुको सपना भुलेर तछाड मछाड गर्दै बधाई तथा शुभकामना दिँदा मेरो निष्ठा र नैतिकता माथि कालो धब्बा लाग्नेछ ।
पुराना कम्युनिष्ट निष्ठामा बसेका एमाले मतदाताले आफ्नो उम्मेदवारलाई मतदान गर्न नपाएपछि पार्टी प्रति विश्वासको खडेरी पैदा भई कार्यकर्ता पलायन हुने र पार्टी प्रति भरोसा टुट्ने देखिन्छ । यस सम्बन्धमा बेलैमा स्पष्ट हुने पो हो कि ?
अझ भन्दा त्याग तपस्या र निष्ठा र नैतिकता स्वार्थमा रुपान्तरित हुनेछ । र यिनीहरुलाई बधाइ दिनै गर्दा जन आन्दोलनका शहिदरुहको आत्माले सराप्ने छ । (राजन गिरी, सुरज विश्वास) गणतन्त्रको विकल्प गणतन्त्र नै हो ।
होला कति हामीले राम्रो छान्न सकेनौ होला तर गणतन्त्र विरोधीलाई हामीले ति पुराना दिन, हाम्रो निष्ठा नीति सबै तिलाञ्जली दिएर जयकार लगाउन मेरा हातका औँलाहरु चलेन । हो कतिपय उनले उठाएका विषयहरुमा मेरो पनि सहमति छ ।
मैले यस भन्दै गर्दा राजतन्त्ररुपी तानाशाह एजेण्डा मुर्कुटा छोडेर आउँछन् त्यो दिन म जस्ता हजाराैँ मान्छेहरुले बधाई दिने छन् । तर धेरै अघि मरिसकेको पीतृ राजतन्त्र फर्काउने दिवा सपना बोकेर फर्कँदै छन् । त्यो संविधान विपरीत छ ।
अँ मलाई थाहा छ । कतिपय साथीहरुले मलाई अवश्य प्रश्न गर्नुहुन्छ । गणतन्त्रमा विचारको स्वतन्त्रता हुन्छ नि भनेर, हो त्यही अधिकार वा विचार लेख्दैछु । वा त्यही विचारको स्वतन्त्रताको प्रयोग गर्दैछु ।
अझ भन्नुपर्दा हाम्रो क्षेत्रका जनता भन्न चाहन्छौँ यो वा त्यो राजनैतिक दाउपेच नगरीयोस् जुन दिन राजतन्त्रको एजेण्डा छोडेर आउँछ भने सहकार्य मात्र होइन पार्टी एकता नै गरे नि कुनै आपत्ति छैन । तर शहिदहरुको सपनामा तुसारापात गरेर फेरि पनि एमाले नेता कार्यकर्तालाई सगाईमा मतदान गराउन लगाए ।
नेता तथा कार्यकर्ता सम्पूर्णमा नैराश्यता विचारमा विचलनहरु सांगठनिक कार्यमा शिथिलता आउने पक्कापक्की छ । र झापा क्षेत्र नं. ३ का एमाले मतदाता तथा शुभचिन्तकहरुमा वैचारिक विचलन आउने देखिन्छ ।
पुराना कम्युनिष्ट निष्ठामा बसेका एमाले मतदाताले आफ्नो उम्मेदवारलाई मतदान गर्न नपाएपछि पार्टी प्रति विश्वासको खडेरी पैदा भई कार्यकर्ता पलायन हुने र पार्टी प्रति भरोसा टुट्ने देखिन्छ । यस सम्बन्धमा बेलैमा स्पष्ट हुने पो हो कि ?













प्रतिक्रिया