
काठमाडौँ, २७ मंसिर । राप्रपाका महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापाले चुनाव हारेपछि छटपटिएका थिए ।
त्यसै क्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलगायतको सहयोगले राजेन्द्र लिङ्देनले अध्यक्ष जितेको समेत भन्न भ्याए ।
हुन त ज्ञानेन्द्रले पनि अदृश्य रुपमा खेलेका कुरा होइन्न भन्न नसकिएला । यद्यपि ठोस प्रमाण भने छैन । बरु थापा आफ्नै आचरणले हारेका धेरैको टिप्पणी रह्यो ।
यसैक्रममा थापाले अध्यक्ष लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् ।
उनले निर्मल निवासबाट आफूलाई निकालिएको जस्तो कसैको पनि भविष्य सुरक्षित नरहेको आशय व्यक्त गरेका छन् । ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’
यस्तो छ थापाले पठाएको पत्रः













प्रतिक्रिया