
काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा भइरहेको मतदान रोकिएको छ ।
राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान मतपत्र सकिएपछि रोकिएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार यसअघि बाँडिएको मतपत्र सकिएको र प्रेसबाट छापिएर आएको नयाँ मतपत्रलाई आधिकारिकता दिने काम भइरहेको छ ।












प्रतिक्रिया