१९ कार्तिक २०८३, बिहिबार

शेरबहादुर देउवाले गरे मतदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको मतदानमा प्रधानमन्त्री समेत रहेका देउवाले मतदान गरेका छन् ।

त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । मतदानपछि देउवा फर्किएका छन् भने मतदान जारी छ ।

निर्धारित समयभन्दा ढिलो सुरु भएको मतदानले कांग्रेसको १३२ जना पदको चयन गर्नेछ ।