८ कार्तिक २०८३, आइतबार

डेढ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २७ मंसिर । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षीया सुनिला याखालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले
उनकै गाउँ घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गराई कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।