७ कार्तिक २०८३, शनिबार

नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारणसभा गत शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

संघको वार्षिक साधारणसभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेशनल), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आई–पे रेमिट) तथा सचिवमा दीपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स) चयन भएका छन् ।

यसैगरी सदस्यतर्फ प्रविण अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जीएमई रेमिट), सञ्जिव पाठक (एटिटि रेमिट) चयन भएका छन् ।

संघको विधानको व्यवस्था अनुसार अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभू मनि ट्रान्सफर) मनोनित भएका छन् ।