
हुम्ला, २६ मंसिर । जीपबाट ओर्लिएर आफ्नो घरतिर लागेका एक जनाको बाटोमा लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुगु सोरुकोट गाउँपालिका–४ फोचुका ७० वर्षीय भक्त बहादुर शाही छन् । उनको शनिबार दिउँसो बाटोमा लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार लु.१ज ४३१७ नम्बरको जीपमा बाजुराको हिमाली गाउँपालिकाको घुलाचौरबाट सोही गाउँपालिका कवाडी बजारमा ओर्लिएर आफ्नो घरतर्फ जाने क्रममा बाटोमा लडेर उनको मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएका शाहीको उपचारका लागि हुम्ला ताजाकोट गाउँपालिका–२ मैलाकवाडी बजारमास्थित धिरज मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया