३० आश्विन २०८३, शुक्रबार

कांग्रेस महाधिवेशन : १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनमा १३ पदाधिकारीसहित कुल १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने आज आइतबार १२ः१५ बजे गर्ने छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार भएको मनोनयन दर्ताका क्रममा सभापति पदमा ६ जनासहित ५४८ जनाको उम्मेदवारी दर्ता भएको छ । १३४ निर्वाचित र सभापतिले मनोनित गर्ने ३३ गरी कांग्रेस केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुन्छ ।

पदाधिकारीतर्फ उपसभापतिमा सात, महामन्त्रीमा ६ र सहमहामन्त्रीतर्फ २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरमा गरी ५०९ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । देउवा, कोइराला र सिंहको प्यानल नै बनेको छ । देउवा र कृष्णप्रसाद सिटौला समूहबीच समीकरण भएको छ ।

उपसभापतिका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । दुईजना निर्वाचित हुने उपसभापतिका लागि देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, कोइराला समूहबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ एवं सिंह समूहबाट सुजाता कोइरालाको उम्मेदवारी परेको छ ।

सिंहको समूहबाट दिव्यश्वरी शाहको तथा स्वतन्त्र रूपमा महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्, आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।