१९ कार्तिक २०८३, बिहिबार

थप २३६ जनामा कोरोना पुष्टि, ३०७ निको

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ६७२ र एन्टिजेन विधिबाट ३ हजार ५०६ एन्टिजेन परीक्षण गरिएकोमा २३६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।