३ कार्तिक २०८३, मंगलबार

नेपालमा अल्ट बालाजीको बजारीकरणका लागि टेलिनेट प्रालिसँग साझेदारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । लोकप्रिय भारतीय ओटीटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ ।

साझेदारीसँगै नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेट प्रालिले सुनिश्चित गर्ने भएको छ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलहरूमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरूले घरमै बसेर आनन्द लिन सक्ने छन् ।

अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरू हेर्न चाहने नयाँ प्रयोगकर्ताहरूका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन यो भन्दा अगाडी धेरैको पहुँचमा थिएन । टेलिनेट प्रालि अल्ट बालाजीको एक आधिकारिक पुनः विक्रेता हो ।

यसको माध्यमबाट प्रयोगकर्ताहरूले एकल प्लेटफर्ममा सबै ओरिजिनल, वेब सिरीज, चलचित्र र अन्य सामग्रीहरूमा निरन्तर पहुँच पाउने छन् ।

प्रयोगकर्ताहरूले यी सामग्रीहरू मोवाइल, ल्यापटप, स्मार्ट टीभी र एण्ड्रोइडमा हेर्न सक्ने छन् भने कुनै एक सदस्यले पाँचवटासम्म प्रोफाइल बनाउन सक्ने छन् ।