७ कार्तिक २०८३, शनिबार

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्ने छन् ।

यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।