८ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरी बल, नेपालद्वारा निशान भगवती बंगलामुखी माइको पूजा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बंगलामुखी माइको पञ्चवली एवम् मंसिर पूजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज शनिबार बिहान पूजाको शुभ–साइतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माइको मन्दिरमा पूजा गरेका हुन् ।

बिहान ४ बजेर ३० मिनेटको पूजाको संकल्प साइतमा महानिरीक्षक खनालले विशेष कार्यक्रमकाबीच पूजाअर्चना गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच शुरू भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित थियो ।