
काठमाडौं, २४ मंसिर । ‘भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवश्यकता र चुनौती’ विषयक गोष्ठी आयोजना गरी त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भ्रष्टाचारविरुद्धको दिवस मनाएको छ ।
कीर्तिपुरस्थित त्रिविको हलमा आयोजित त्रिभुवन विश्वविद्यालयको ‘सुशासन एवम् भ्रष्टाचार निवारण’ शंकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागी अतितिहरुले भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरिएको थियो ।
प्राडा शिवराज अधिकारीले भ्रष्टाचार निवारण विषयमा प्रशिक्षण दिएका थिए । नेपाल सरकारका पूर्वसूचना आयुक्त कृष्णहरि बास्कोटा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंघम, लगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
सम्पूर्ण वक्ताहरूले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरि भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्ने कुरामा जोड दिएका छन् । ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारी मुलुकमा ११७औँ स्थानमा छ ।















प्रतिक्रिया