शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नर्भिक अस्पतालले ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपीडी सेवा सदने

दैनिक नेपाल २०७८ मंसिर २४ गते १३:४१

काठमाडौं, २४ मंसिर । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्ने भएको छ ।

नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूले डा. चौधरीको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने छन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ ।

निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको अस्पतालको भनाइ छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित