७ कार्तिक २०८३, शनिबार

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।

‘नबिल डिजिबैंक पोर्टल’मार्फत बैंकका ग्राहकहरूले एकद्वार मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन÷सेवालाई स्वचालित बनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका छन् ।

कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ ।

बैंकका विभिन्न उपलब्धीमध्ये नबिल डिजिबैंक पनि एक हो । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो ।

बैंकले बिहीबार नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् ।

भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ ।

भीकेवाइसी छनौट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आङ्खनो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बंैक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदनदिन सक्नेछन् । साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ ।

ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैयाँ बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले यो नबिल बैंकको डिजिटल यात्राको शुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए ।