७ कार्तिक २०८३, शनिबार

लक्ष्मी बैंकले सञ्चालनमा ल्यायो एउटा एक्स्टेन्सन काउन्टरसहित दुई वटा नयाँ शाखा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा एउटा एक्स्टेन्सन काउन्टरसहित दुई वटा नँँया शाखा सञ्चालनमा ल्याएकोे छ ।

उक्त शाखाहरू सुनसरीको इनरुवा नगरपालिका–१ स्थित शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका–५ स्थित उर्लाबारी चोकमा सञ्चालनमा आएका हुन् । साथै, बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा स्थापना गरेको छ ।

शाखाहरूमार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरूवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र ५ वटा हस्पिटल सेवा काउन्टर पुगेको छ । त्यस्तै १७० वटा एटीएम बुथ, २ हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ वटा शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।