
काठमाडौँ, २२ मंसिर । पछिल्लो केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार वुधबार पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो । साताको पहिलो दिन आइतबार ७२ अंकले घटेको नेप्से सोमबार सुधारिए पनि पुनः मंगलबार घटेको थियो ।
वुधबार ५३ अंकले घटेसँगै नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।
यो विन्दु यस वर्षकै कम बिन्दु हो ।















प्रतिक्रिया