बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा पोख्रेल निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर २१ गते २०:२७

सिड्नी, २१ मंसिर । रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिाराम पोखरेल निर्वाचित भएका छन् ।

आइतबार आइवार रक्डेलमा सम्पन्न संस्थाको अधिवेशनले पोख्रेलको नेतृत्वमा आगामी दुर्ई वर्ष २०२२-२०२४ का लागि २८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफÞ्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा रहेका छन् ।

त्यस्तै, अधिवेशनले भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सहसंयोजकमा प्रदीप खनाल, जनसम्पर्क अधिकृतमा सुरज खत्री, परियोजना संयोजकमा राजन खड़का, आईटी कनसलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सहसंयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सहसंयोजकमा ग्रीष्मा पाण्डेलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन् ।

समाजले सल्लाहकार समितिमा डा. प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेललाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष पोख्रेलले समाजलाई नयाँ शिराबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथिको रुपमा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित