७ कार्तिक २०८३, शनिबार

महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाद्वारा डस्टबिन प्रदान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मकाठमाडौँ, २१ मंसिर । हालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले हेटाँैडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठुलो डस्टबिन प्रदान गरेको छ ।

शहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्तडस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।