
काठमाडौँ, २१ मंसिर । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती’ले फेरि आइफोन जित्ने मौका ल्याएको छ ।
“खल्ती मा आइफोन १३” अफरका साथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा प्राप्त हुनेछ ।
यो क्याम्पेन ५ डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागुहुनेछ ।
प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ ।
त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नुहुनेछ ।
अन्तिममा एक जना भाग्ग्यशाली विजेताले प्राप्त गर्न सक्नु हुनेछ आइफोन १३ । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले पाउनु हुनेछ १ लाख खल्ती पोइन्ट्स। यदि तपाइको खल्ती केवाईसी भेरिफाइड छ भने तपाई यस क्याम्पेनमा भाग लिन योग्य हुनेछ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो ।”
“खल्ती मा आइफोन १३” को विजेता घोसणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ ।
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ ।
“खल्ती” वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
‘खल्ती’ एप https://bit.ly/KhaltiDownload-PRdf मा गइ डाउनलोड गर्न सकिन्छ ।















प्रतिक्रिया