७ कार्तिक २०८३, शनिबार

एनआईबीएल एस क्यापिटलको च्याटबोट सेवा शुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । एनआईबीएल एस क्यापिटलले चयाटबोट सेवा शुरू गरेको छ ।

ग्राहकवर्गहरुको सुविधालाई दृष्टिगत गर्दै च्याटबोट सेवा सञ्चालन गरेको हो । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिनानै सेवा लिन सहज हुने एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले च्याटबोटको विकास गरिएको क्यापिटलले जनाएको छ ।