७ कार्तिक २०८३, शनिबार

‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई दृष्टिगत गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा आज मंगलबार यो योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा भएको कम्पनीले जनाएको छ ।

डाक्टर, इन्जिनीयर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरूमा हुनसक्ने जोखिमलाई लक्षित गरेर ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना ल्याइएको कम्पनीको भनाइ छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’जीवन बीमा योजना ल्याएको हो ।

बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्ने यो योजनाको मुख्य आकर्षण हो । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने छन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने छ ।

अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रूपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने छ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने छ । ५० पचास हजार रूपैयाँदेखि १ करोड रूपैयाँसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।