२९ आश्विन २०८३, बिहिबार

स्वास्थ्य मन्त्रालयको लापरबाहीले जनता मर्नपर्ने अवस्था सृजना नहोस्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ ।

ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको संक्रमण देखापर्यो । भारतमा ओमिक्रोन फैलिएको पत्तो पाँउदा पनि हेलचेक्र्याइ गरेको हुनाले नेपालमा पनि ओमिक्रोनका संक्रमित फेला परे ।

नेपालमा आज दुई जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले नै नेपालमा ओमिक्रोनको संक्रमण देखिएको भनेर जानकारी गराएको थियो । कोभिडलाई हलुका रूपमा लिँदा नेपालमा हजारौंले ज्यान गुमाए ।

ओमिक्रोनलाई पनि नेपाल सरकार र जनताले साधारण रोगको रूपमा हेरेको छन् । जसले गर्दा कोरोना जस्तै दिन आउन बेर लाग्दैन् । ओमिक्रोनको रोकथामको लागि अझै पनि नाकाहरूमा कडाइ गरिएको छैन् । नेपाल प्रवेश गर्ने सम्पूर्ण नाका खुला छोडिदिएको छ ।

नाकामा हेल्थ डेस्कको व्यवस्था मिलाइएको छैन भने कोरोना परीक्षण त्यहाँ सम्भव छैन् । भारत या अन्य मुलुकबाट नेपाल भित्रिनेहरू पनि स्वतन्त्र रूपमा घुमफिर गरिरहेको छन् । नाकाबाट भित्रिनेहरूको लागि क्वारेन्टिन बनाइएको छैन् ।

अनुशा थापा

भारतमा ओमिक्रोन संक्रमण देखापर्ने बित्तिकै नेपाल सरकारले नाकाहरूमा कडाइ गर्नुपर्ने हो । तर, त्यस्तो गरिएन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्टको जोखिमबारे पत्तो पाँउदापाउँदै पनि मौन बस्यो । जसको कारण नेपालमा पनि ओमिक्रोन संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले जनतालाई कोरोनाबाट बचाउनको लागि कुनै प्रभावकारी कदम चालेको छैन् । ओमिक्रोनको संक्रमणबाट देशका नागरिकलाई टाढा राख्नको लागि स्वास्थ्य मन्त्रालयले योजना समेत बनाएको छैन् ।

अहिले पनि अन्तराष्ट्रिय स्तरको उडान दैनिक भइरहेको छ । दैनिक सयौं मान्छेहरू नेपाल आँउछन् । तथापि, उनीहरूको कोरोना परीक्षण भएको छैन् । न उनीहरूद्वारा कुनै स्वास्थ्य मापदण्ड पालना गरिएको छ । हवाईजहाजबाट नेपाल आउनेहरू सिधै आफ्नो घरतिर लागिरहेका छन् ।

यसले गर्दा ओमिक्रोनको जोखिम झनै बढ्दो छ । सरकारले हाल केही दिनको लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन जरुरी देखिएको छ । यता, लामो दूरीका सवारीसाधनहरू पनि सञ्चालनमा आइरहेका छन् । यिनीहरूलाई पनि हालको लागि स्थगित गर्नुपर्छ ।

ख्यालख्याल गर्दागर्दै नेपालमा पनि ओमिक्रोन देखापर्यो । तर, कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । बजारमा एकदमै भीडभाड रहेको छ । अनावश्यक रूपमा टाइक पासको लागि घुमफिरमा निस्किने यात्रुहरू पनि यत्तिकै छन् ।

हरेक व्यापार व्यवसायीमा सर्वसाधारणहरूको चर्को भीड रहेको छ । अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका छैन् भने सामाजिक दूरीको कल्पना नगरौं । नाकमुख छोप्नको लागि प्रयोग हुने मास्क प्रायजसो चिउँडोमा लगाएको देखिन्छ ।

साँझ परेपछि बजारको भीड झनै बढ्दो छ । खरिददारी गर्न आएका र फुटपाथ पसलेले सबैतिर ढाकेको हुन्छन् । त्यत्रो भीडबाट कोरोना नफैलिएला भन्न सकिन्न । सामान किन्न आएकाले मात्र नभई व्यापारीले समेत मास्क लगाएका छैनन् ।

त्यस्तै, सार्वजनिक यातायातमा भेडाबाख्रा कोचेझै यात्रु हालेका छन् । खुटट टेक्ने ठाँउको अभाव भाडाका गाडीमा यात्रा गर्नेलाई हुन्छ । त्यस्तो अवस्थामा कसरी कोरोनालाई ध्यानमा राख्ने ? भौतिक दूरी कसरी पालना गर्ने ?

गाडीको सहचालक ढोकैसम्म यात्रु हाल्न छोड्दैन् । जनताले छानीछानी रोजेर चढ्नलाई गाडी छैन् । भीडभाड भए पनि सबैलाई जानै परेको छ । सार्वजनिक यातायातहरूमा बढी भीडभाड हुँदा पनि कोरोना फैलिने निश्चित देखिएको छ ।

यता, मठमन्दिरमा पनि श्रद्धालुहरूले कोरोना फैलाउन निकै महत्वपुर्ण भूमिका खेलेको छ । कोरोनाको जोखिम कायमै रहँदा खोलिएको मठमन्दिरले कोभिड संक्रमणलाई बढावा दिएको छ । श्रद्धा गर्ने भन्दै स्वास्थ्य मापदण्ड को पालना नगरी भक्तजनहरूले मठमन्दिरमा घुँइचो लगाएका छन् ।

सरकारले उचित समय नहेरी मठमन्दिर खुला गर्न दिँदा यसको भार पनि सरकारले नै भोग्नुपर्ने छ । हाललाई मठमन्दिर बन्द गरिदिने हो भने पनि हुलमुल कम हुन्छ । रात्रिकालीन व्यवसायीहरूले आफ्नै मनमर्जी चलाएका छन् ।

कोभिडबाट बच्नका लागि रात्रिकालिन व्यवसायीहरू बन्द गर्नु नै उचित हुने देखिन्छ । रात्रिकालीन व्यवसायी बन्द गरिदिँदा भीडभाड केही हदसम्म भएपनि कम हुन्छ । सरकारले बैंक, फाइनेन्स लगायतका वित्तीय संस्थाहरू पनि जोर बिजोर प्रणाली लागू गरेर सञ्चालनमा ल्याउनुपर्छ ।

अहिले सबैभन्दा धेरै भीडभाड देखिएको पनि वित्तीय संस्थामै हो । वित्तीय संस्थाका अधिकांश कामकाज घरबाटै काम गर्न सिस्टम ल्याउनुपर्छ । भाटभटेनी, सेल्सबेरी तथा अन्य सुपरमार्केटले पनि स्वास्थ्य मापदण्डलाई उल्लङघन गरेर आफ्नो व्यवसायी चलाइरहेको छन् । दैनिक खरिददारी गर्न जानेहरूको भीड यस्ता सुपरमार्केटमा अत्यधिक छन् । कोभिडको जोखिम झनै बढिरहेकाले सरकारले सुपरमार्केटलाई सञ्चालनमा रोक लगाउनपर्छ ।

यता, विद्यालयहरूमा पनि कोरोनालाई निकै नै ख्यालख्याल गरिएको छ । ससाना विधार्थीले नबुझे पनि ठूला ले नै हेलचेक्र्याइ गरिरहेको छन् । विद्यालयहरूमा भौतिक दूरी झनै असम्भवजस्तै भएको छ । ठूलाभन्दा पनि साना कोरोनाको बढी जोखिममा परेका छन् ।

विद्यालय प्रशासनले सम्पुर्ण मापदण्ड पालना गर्ने सर्तमा विद्यालय खोले पनि त्यसको कार्यान्वयन भएन् । देशका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारहरूमा पनि मानिसहरूको निकै चाप रहेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार, धुम्बाराही, तीनकुने, बल्खुस्थित रहेको तरकारीहरमा मेला लागेजत्तिकै छ ।

यी तरकारी बजारहरूमा दैनिक लाखौ सर्वसाधारणहरूको ओहोरदोहोर हुने गर्दछ । एक जनालाई लागेको कोरोना यहाँबाट हजारौमा सल्किने त्रास रहँदै आएको छ । सरकारले पनि यस्ता हुलमुल हुने ठाँउ तत्कालै बन्द गर्ने घोषणा गर्नपर्छ ।

साथै, मास्क नलगाउनेलाई कैद र जरीवाना तोकिदिनुपर्छ । अहिले विभिन्न राजनितिक पार्टीहरूको महाधिवेशन चलिरहेको छ । सबै पार्टीहरूले हजारौंको संख्यामा मानिस भेला गरेर महाधिवेशन गरेका छन् । के जनता भन्दा ठूलो महाधिवेशन हो ?

हालै मात्र एमाले र राप्रपाको महाधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको महाधिवेशन पनि नजिकिदै छ । तर, कोरोनाको जोखिम बढेको छ । त्यसैले हाल महाधिवेशनलाई बढावा नदिनु नै बेस हुन्छ । अहिले कांग्रेसकै सरकार चलिरहेको छ ।

कांग्रेसले आफ्नो सरकार चलिरहेको बेला महाधिवेशन गरेर कोरोना फैलाएर जनता मारिदिने ? कि त जनता बचाउनतर्फ सरकार अघि बढ्ने ? यो प्रश्न प्रधानमन्त्री शेरबहादुर देउवालाई । अब के गर्दा ठिक होला यो प्रधानमन्त्रीले नै सोच्नुपर्ने छ ।

कि त महाधिवेशन गरेर जनता मार्नपर्यो कि त लकडाउन गरेर जनता बचाउनपर्यो । नेपालको तीन करोड जनताको जिम्मा प्रधानमन्त्री देउवाको काँधमा छ । जनताप्रति जिम्मेवार सरकार हुने हो भने तुरुन्त लकडाउन गर्न आवश्यक छ ।

उद्योगी व्यवसायीहरू लकडाउन गर्न हुन्न भन्ने पक्षमा छन् । आफ्नो व्यापार व्यवसाय डुब्छ भन्ने त्रास उद्योग व्यवसायीमा छ । तर, जनता नै छैनन् भने कसले सामान किन्ने ? राज्यले कहाँबाट कर पाउँछ ?

अहिलेको आवश्यकता भनेकै स्वास्थ्य मन्त्रालयले लकडाउनको प्रस्ताव मन्त्रिपरिषद्मा लानु हो । स्वास्थ्य मन्त्रालयको लापरबाहीले जनता मर्न नपरोस् । बेलैमा स्वास्थ्यमन्त्री जनताप्रति जिम्मेवारी होस् ।