
ललितपुर, २० मंसिर । माटोको ढिस्कोले पुरिएर ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर बस्ने ईलाम घर भएका ४५ वर्षीय सन्तोष लिम्बु छन् । मोटोको ढिस्कोले पुरिएर उनको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–३ झम्सिखेलस्थित अमिक्षा कन्ट्रक्सनको ग्राउण्ड फ्लोरमा काम गर्ने क्रममा अचानक माटोको ढिस्को झरेर पुरिएका उनको उद्धारपछि उपचारका लागि पुल्चोकस्थित निदान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया