३० आश्विन २०८३, शुक्रबार

लिङ्देनले भत्काए कमल थापाको ‘साम्राज्य’, यसरी पुर्‍याउँदैछन् बुहमत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष कमल थापालाई दुई सय मतले पराजित गर्दै राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित भएका छन् ।

सधैँभरि कुलीन समूहले नेतृत्व गर्दै आएको पार्टीमा मध्यमवर्गीय परिवारका ५६ वर्षीय लिङ्देन निर्वाचित हुनुलाई राप्रपाभित्र एउटा युगको अन्त्य भनिएको छ ।

निवर्तमान अध्यक्ष थापाले चुनावी हारपछि दुईवटा ट्विटमार्फत असन्तुष्टि पोख्दै असहयोगको संकेत गरेका छन् । तर, निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई आत्मसात् गर्दै अघि बढ्ने बताएका छन् ।

पदाधिकारीमा लिङ्देनको समूहबाट महामन्त्री धवलशमशेर राणा मात्रै निर्वाचित भएका छन्, बाँकी ६ जना पदाधिकारी थापा समूहका हुन् । उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की छन् । महामन्त्रीमा धवलबाहेक कुन्तीकुमारी शाही र भुवन पाठक निर्वाचित भएका छन् । महामन्त्रीकी प्रत्याशी अभिनेत्री रेखा थापा शाहीसँग पराजित भएकी छिन् ।

अध्यक्ष लिङ्देननिकट राप्रपा नेता मोहन श्रेष्ठका अनुसार लिङ्देनले कम्तीमा २३ जना पदाधिकारी मनोनीत गर्न पाउने पार्टी विधानको व्यवस्था छ । त्यसकारण अहिले अल्पमतमा देखिए पनि उनी पदाधिकारीमा पनि बहुमतमै हुनेछन् । ‘पार्टी अध्यक्षलाई निर्णय प्रक्रियामा कहीँकतै पनि अप्ठेरो पर्दैन,’ श्रेष्ठले भने, आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।