७ कार्तिक २०८३, शनिबार

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुतको निरन्तरता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । नेपाली सांगितिक क्षेत्रका ख्याति प्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुतलाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नाे ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएकोे छ ।

प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा गायक तथा कलाकार प्रकाश सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक लि. ले गतवर्ष देखि नै र लोकप्रिय गायक तथा कलाकार सपुतलाई आफ्नाे ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंक लि. ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो ।

नेपाली सांगितीक आकाशका उज्ज्वल नक्षत्रका रुपमा ख्याति प्राप्त गायक एवं श्रोता तथा दर्शकहरुको अत्याधिक रुचीमा पर्न सफल सर्वप्रिय कलाकार सपुत प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा वृद्धि हुने एवं प्रभु बैंकको यस किसिमको पहलकदमीबाट नेपालको कलाकारिता क्षेत्रको विकासमा समेत टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।