
काठमाडौं, १९ मंसिर । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दीगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नबिल बैंकले पलाँता गाउँपालिकासँग दीगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारी मार्फत गाँउपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य राखेको बताइएको छ ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दीगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दीगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो ।
कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरू गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम शुरूमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरेर नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।















प्रतिक्रिया