शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

क्यालिफोर्नियामा ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने

दैनिक नेपाल २०७८ मंसिर १९ गते १४:३१

काठमाडौं, १९ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा आगामी वैशाख १ गते ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ ।

हुकुम मल्टीमिडिया प्रालिले बौद्धस्थित याङग्रिमा हिल सिटी होटेलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपालको आदिबासी जनजाति मातृभाषामा निर्माण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडियाले विगत केही वर्षदेखि ज्योमो गाङ फिल्म आवार्ड आयोजना गर्दै आएको छ ।

कम्पनीले २०७६ माघ ८ गते थाइल्याण्डको पटैयामा पहिलोपटक ज्योमो गाङ फिल्म आवार्ड सम्पन्न गरेको थियो । प्रत्येक वर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनी विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण केही वर्षयता कार्यक्रमलाई निरन्तरता दिन नसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित