८ कार्तिक २०८३, आइतबार

चिया पसल अगाडि तास खेलिरहेका ८ जना डाँछीबाट पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । चिया पसल अगाडि तास खेलिरहेका ८ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।

कागेश्वमरी मनोहरा नगरपालिका–४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा सञ्चालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ८८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।