९ कार्तिक २०८३, सोमबार

राप्रपा महामन्त्रीमा धवल र भुवनकुमार विजयी, पदाधिकारीमा अरु को–को भए निर्वाचित ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा र भुवनकुमार पाठक विजयी भएका छन् ।

राप्रपाको निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २ हजार २२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

त्यस्तै १ हजार ७०५ मतका साथ अर्का महामन्त्री भुनवकुमार पाठक निर्वाचित भएका छन् । शमशेर र पाठकका प्रतिस्पर्धी भास्कर भदा र श्यामप्रसाद तिमिल्सिनाले क्रमशः १५६७ र १०६१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महामन्त्रीमा कुन्तीकुमारी शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

पदाधिकारीमा अरु को–को भए निर्वाचित ?